धरान : धरानमा याक्थुङ लिम्बूहरूको आध्यात्मिक आस्थाको धरोहर : युमा धर्म पुस्तकको विमोचन सँगै लघु चलचित्र सक्वा मुइङको विशेष प्रदर्शनी भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसको अडिटोरियम हलमा सम्पन्न सो कार्यक्रममा डा. चैतन्य सुब्बाको मूल सार लेखन र सह प्रा. ध्रुवकुमार मेन्याङबो प्रकाशनमा सहयोगी रहेको पुस्तक याक्थुङ लिम्बूहरूको आध्यात्मिक आस्थाको धरोहर: युमा धर्मको विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा. डा.गोविन्दबहादुर तुम्बाहाङ, विशेष अतिथि सह प्रा.ध्रुवकुमार मेन्याङबो र अतिथिहरू डा. रामनारायण कन्दङवा, निर्देशक खगेन्द्र यक्सो, अधिवक्ता पूर्णबहादुर मेन्याङबोद्वारा संयुक्त रूपमा विमोचन गरिएको हो ।

पुस्तकले समेटेको युमा धर्म र दर्शन विषयमा वक्ताहरूबाट चर्चा-परिचर्चा भएको थियो । युमा साम्यो महासभा नेपालको मूल आयोजक र युमा साम्यो महासभा ताप्लेजुङ याङवरके प्रवासी समन्वय समितिको सहआयोजक रहेको सो कार्यक्रममा प्रा. हर्क सुब्बा इजमले सभापतित्व गरेका थिए भने सो कार्यक्रममा डा. रमेश इजमले स्वागत मन्तव्य राखेका थिए ।

यसै गरी दोस्रो कार्यक्रम युमा धर्म र मुन्धुममा आधारित लघु चलचित्र स?वा मुइङको विशेष प्रदर्शनीको समुद्घाटन सह प्रा. ध्रुवकुमार मेन्याङबोले गरेका थिए ।

युमा साम्यो महासभा नेपालको समन्वय, युमा साम्यो महासभा ताप्लेजुङ याङवरके प्रवासी समन्वय समितिको निर्माण, खगेन्द्र याक्सोको निर्देशन रहेको लघु चलचित्र स?वा मुइङमा विविध भूमिका निर्वाह गर्ने कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।

लघु चलचित्रका निर्माताहरू र कलाकारहरूलाई मूल आयोजक युमा साम्यो महासभा नेपालको तर्फबाट सम्मान पत्र वितरण गरिएको थियो । निर्देशक खगेन्द्र यक्सोले निर्देशन गरेको सो लघु चलचित्रमा हिमाल दाहाल, विजय सुब्बा, सीता तुम्बाहाम्फे, सञ्जय निङ्लेकु, समीर सिङ्गक, तुलसा आङ्देम्बे, जितमान थलङ, धनमति यक्सो, सुकमाया लिम्बू, राजकुमार फेयङ, दिलकुमार यक्सो, रबिन यक्सो, राम नेयोङ, शान्ता यक्सो नेयोङ, शर्मिला सम्बाहाङ्फे नेयोङ, पुष्पा थेगिम निङ्लेकु, दिपेश लिम्बू, काव्य बिक, सुस्मा बस्नेत, अनिल बुढाथोकी, सन्जोल राई, अर्जुन तामाङ लगायतको कलाकारहरूले अभिनय गरेका छन् ।