धरान : बराह ग्रुप अफ कम्पनीले लक्ष्मी पूजाको अवसरमा बराह लक्की बम्पर उपहार योजना सार्वजनिक गरेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गरी २०७८ साल तिहारको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै लक्ष्मी पूजाको अवसरमा उपहार योजना ल्याएको जानकारी गराएको हो। यस योजना अन्तर्गत ग्राहकहरूले बराहमा नुन देखि सुनसम्मको खरिदकर्ताहरू सामेल हुन सक्ने जनाएको छ । एक जना भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

बराह स्पेसल डिस्काउन्ट कुपन सँगै बराह 'लक्की पर्सन अफ द डे' पनि बन्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ । बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गरेका ग्राहक महानुभावहरू यस बराह लक्की बम्पर उपहार योजनामा सरिक हुन सक्ने बताइएको छ । त्यसै गरी निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा देशैभरका बराहका शाखामा रहेको सुनभन्दा बाहेकको सेवा जस्तै बराह डिपार्टमेन्ट स्टोर,बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्स लगायत अन्य सेवाहरूको खरिद गरेबापत ग्राहकले यस बराह लक्की बम्पर उपहार योजनामा सरिक हुन सक्नेछन् ।

बराह स्पेसल डिस्काउन्ट कुपन देशैभरका बराहको शाखामा उपलब्ध सेवाको हरेक कारोबारमा ग्राहकले पाउन सक्नेछन् । यस कुपनले हरेक बिलमा ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउनेछ । बराह लक्की पर्सन अफ द डे अन्तर्गत देशै भरीका बराहको शाखामा उपलब्ध रहेको सुन भन्दा बाहेकको सेवामा हरेक बिलमा एउटा स्क्राच कुपन ग्राहकलाई उपलब्ध हुनेछ । जसलाई स्क्राच बक्स देखि ग्राहकहरूले तात्र सक्नेछन् । जसमा १ देखि ८० प्रतिशत सम्मको छुट पाउनुको साथै स्क्राच कुपनमा फ्री पाएको खण्डमा सितैमा सेवा लिन पनि सकिने विज्ञप्तिमा जनाइएको छ।

baraha-car-3baraha-prize-2