धरान : धरानमा कोरोना विरुद्धको फाइजर खोप लगाउने समय दुई दिन थप भएको छ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगी तथा १२ देखी १७ वर्षसम्मका किशोर किशोरीहरूका लागि कोरोना विरुद्धको फाईजर खोप लगाइने अवधि मङ्सिर ७ र ८ गते थप गरिएको हो ।

धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्तिक २८ गते देखि मङ्सिर ४ गते सम्म लगाउने समय तोकिएको थियो । यस भन्दा अघि १२ वर्ष देखि माथिका दिर्घरोगीहरुलाई चिकित्सकको कागजपत्रको आधारमा मात्रै खोप लगाइँदै थियो ।

तर अव भने १२ वर्ष देखि १७ वर्ष सम्मका किशोर किशोरीहरू, विदेश जान तयारीमा रहेका र यस अघि लगाउन छुटेका स्वास्थकर्मीहरुलाई पनि खोप लगाइने प्रमुख मेहताले बताए । अहिले सम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ सय जनाले फाइजर खोप लगाएको बताइएको छ ।

बीपीमा २३ सय खोप आएको र खोप उब्रिने भएपछि थप अरूलाई पनि खोप लगाउन थालिएको प्रमुख मेहेताले बताए ।

Covide-khop Covide-khop-2