धरान : धरानका दुई युवा लागुऔषध सहित विराटनगरमा पक्राउ परेका छन् ।

उनीहरूलाई महानगरपालिका-१३ नहरबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगर पालिका १५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी रहेका छन् ।

शनिवार बेलुकी ५ बजे सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।