झापा : नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट आजदेखि सञ्चालनमा आएको छ ।

झापाको दमक-८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजारसम्मको विभिन्न ब्रान्डका साइकलहरू, साइक्लिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू समेत उपलब्ध छन् ।

व्यवसाय भन्दा पनि स्वास्थ्यलाई लक्षित गरी दमक झापामा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरू जुत्ता, झोला, लत्ता कपडा सिलसपिङ ब्याग, हाइकिङ स्टिक, टेन्टलगायतका सामग्रीहरू उपलब्ध रहेको छ ।

कतै घुम्न जाँदा फोहोर देखिएमा त्यसलाई कसरी सफा गर्न सकिन्छ भन्ने कुराहरूमा पनि सुझाव दिने गरी सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका विसनदिप राईले बताए ।

जस्तो कतै घुम्न जाँदा एउटा चकलेटको खोल एक जनाले टिपेर डिस्पोज गर्छ भने त्यहाँ एक सय जना घुम्न जाँदा एक सय वटा चकलेटको खोल सफा गर्न सक्ने वातावरणमा पनि घुम्न सकिने राईले बताए ।

उद्घाटनको पहिलो दिन उपस्थित मध्येका लक्की ड्र मार्फत उपहारको पनि व्यवस्था गरिएको थियो । जसमा दमकका मिलन राईले उपहार प्राप्त गरेका थिए । करिब २५ लाख लगानीमा इक्युप्मेन्ट विसनदिप राई र अवनि राईले सञ्चालनमा ल्याएका हुन् ।