धरान: धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित गुठीटार नजिकै विपरीत दिशाबाट आइरहेको यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा जुध्दा एक गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक धनकुटाको तांखुवा ९ निवासी तेञ्जी शेर्पा रहेको ट्राफि प्रहरीका असई सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार घाइते मोटरसाइकल चालकलाई जिल्ला अस्पताल उपचारमा पठाइएको छ । घाइते शेर्पाको हातमा पनि चोट लागेको छ । धनकुटाबाट धरानतर्फ गइरहेको मे ७ प ३७९४ नम्बरको मोटरसाइकल र धरानबाट धनकुटातर्फ गइरहेको को १ ख ५१४१ नम्बरको बस एकापसमा जुधेको थियो ।

accident-guthitaar

गुठीटार नजिकै घुमाउरो मोडमा बाइक र बस जुधेको हो । ट्राफिक प्रहरीले बस र मोटरसाइकल दुवै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएकोछ । बससँग जुध्दा मोटरसाइकलाई पनि क्षति पुगेको छ । 'जिल्लाबाट एम्बुलेन्स लिएरै गएर घाइतेलाई जिल्ला अस्पताल पठायौं, दुवै सवारी प्रहरी कार्यालयमा छ,'असई खड्काले भने,'यो बाटोमा धेरै घुम्ती छ, र घुमाउरो बाटो छ । आज निरन्तर पानी परेकोले भनेको ठाउँमा ब्रेक लाग्दैन, त्यसैले निक्कै होस गरेर हिड्नुपर्छ ।'