सामुदायिक वनहरु वन संरक्षणका सार्थै पर्यटन प्रवद्र्धन कार्यमा समेत अघि बढेका छन् । मोरङ्गका केही सामुदायिक वनले पर्यटकीय क्षेत्रको निर्माण र प्रचार कार्य थालेका छन् । पथरीशनिश्चरेको शान्ति सामुदायिक वनले समेत पोखरी, वालउद्यान, पार्क निर्माण गरेर पर्यटन प्रवद्र्धन कार्य सुरुवात गरेको छ । यसैक्रममा शान्ति सामुदायिक वन साधारणसभाको संघारमा रहेको छ । यस वनमा भइरहेकय गतिविधिबारे अध्यक्ष कुलबहादुर गुरुङसँग गरिएको कुराकानीको एक अंश:

प्रश्न: हिजो आजकतिको चटारो छ ?

उत्तर: अहिले पछिल्लो समय वनको आफ्नो ९ औँ निर्वाचन अधिवेशन तथा साधारणसभा नजिकै आउदै छ । साधारणसभाका लागि आवश्यक प्रतिवेदन, छलफल यस्तै यस्तै कुरामा व्यस्त छु । साधारणसभासँगै वनको नियमित काम, पर्यटकीय क्षेत्रको व्यवस्थापन, नयाँ बन्दै गरेका संरचना सबै कुरामा ध्यान दिनुपर्छ । मेरो दैनिकी यसरी नै बित्ने गरेको छ ।

प्रश्न: साधारण सभाको तयारी चैँ कस्तो छ ?

उत्तर: यो साधारणसभा मात्रै नभएर चुनावी साधारणसभा अर्थात निर्वाचन अधिवेशन पनि हो । यसरी हेर्दा अरु समय भन्दा अलिक वढी तयारी त गर्नु पर्छ नै । नियमित रुपमा बनाउनुपर्ने प्रतिवेदन, आगामी योजना तथा कार्यक्रमहरु त लगभग तयारी हुने क्रममा छन् ।

प्रश्न: निर्वाचनसहितको साधारणसभा भएकाले नयाँ जिम्मेवारी, पुराना साथिहरुको सोचाइ के छ ? आमउपभोक्ताहरुको विचार के छ ?

उत्तर: सबै कुरामा ध्यान दिनुपरेको छ । अध्यक्षको नाताले पनि मैले धेरै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ नै, त्यसको अलावा पनि साथिहरुसँगको छलफल, व्यवस्थापनका कुरा, जिम्मेवारी बाँडफाँड गर्ने कुरा, यस्तै यस्तै छ अहिलेको तयारी ।

santi-ban-ko-

प्रश्न: निर्वाचन सहितको साधारणसभा रहेछ । तपाइँको पनि उम्मेद्वारी रहन्छ ?

उत्तर: पहिलो कुरा त मैले एक कार्यकाल अध्यक्ष पदमा जिम्मेवारी वहन गरिसकेको छु । यो अवधिमा कति समय सिक्ने क्रममा नै व्यतित भए भने जे जति भएता पनि काम गर्ने अवधी पनि रहयो । छोटो अवधीमा थुप्रै कामहरु गरेका छौँ र संगै अनुभव पनि लिएका छौँ । अब मैले अहिले नै मेरो उम्मेद्वारी घोषणा गर्ने समय भएको छैन । हामी अझै पनि साधारणसभालाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा नै केन्द्रीत छौँ । अब सल्लाह गर्दा नयाँ साथीहरुको चासो र आकांक्षा पनि उत्तिकै छ । यदि सबै साथिहरुको साथ र सहयोग भएको खण्डमा पूनः दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा रहने सोच बनाएको छु ।

हामी सल्लाहकै क्रममा छौँ । सक्षम साथीहरु आएको खण्डमा जिम्मेवारी दिनुपनि पर्छ भन्ने लाग्छ । अहिले नै मेरो उम्मेद्वारी नै घोषणा भने भएको छैन । कार्तिक ४ गतेको साधारणसभा पछि यो सबैकुराको टुङ्गो लाग्ने छ ।

प्रश्न: पर्यटन प्रवद्र्धनका लागी चै के गर्दै हुनुहुन्छ ?

उत्तर: हाम्रो मुख्य उद्देश्य भनेको नै पर्यापर्यटनलाई अगाडी बढाउदै वन नियम अनुसार वन संरक्षण र सम्बद्र्धन गर्ने हो । शान्ति सामुदायिक वनले छोटो समयमा नै शान्ति भुल्के सिमसार निर्माण गरी संचालनमा ल्याएको छ । सो सिमसारमा अहिले पूर्वकय अधिकांश मानिसहरुको जमघट हुने गरेको छ, घुम्न, विदामनाउन, गर्मी छल्न आउने क्रम रहेको छ ।