उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट चौदण्डीगढी नगरपालिका ८ का ६० बर्षीया नम्रता थापा घाइते भएकी थिइन् ।

घाईते थापालई उपचारको लागी प्राथसामिक स्वास्थ्य केन्द्र बेल्टार लगिएको थियो । स्वास्थ्य केन्द्र पुर्या्उना साथ उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बस र बस चालक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।