इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साविकको रामनगर भुटाहामा रहेको भुटाहा प्रहरीले ५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

भुटाहा प्रहरी चौकीले बरामद भएको ५ हजार लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ आज शुक्रबार नष्ट गरेको हो । हरिनगर १ मलहा टोलमा बिहानको समयमा गस्ती टोलिले घरेलु मदिरा बरामद गरि नष्ट गरिएको प्रहरी चौकी भुटाहाका प्रमुख कुज्य प्रसाद कटेलले बताए । प्रहरी चौकी भुटाहाका अनुसार मलहा टोलमा घरेलु मदिराका कारण दिनहुँ झै–झगडा हुने गरेको कारण गस्ती टोलिले नियन्त्रणमा लिइ घरेलु मदिरा नष्ट गरि आधा मदिरा जिल्ला पठाएको भुटाहा प्रहरीले जनाए ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेको अनुसार गाउँघरमा लगाइएको गाँजाको बोट पनि नस्ट गर्न प्रहरी लागि परेको छ ।