धरान: धरानका कैलासमान-पर्वतमान श्रेष्ठको स्मृतिमा ५ लाख २ हजारको छात्रवृत्ति कोषको स्थापना भएको छ ।

धरान २ निवासी ८२ बर्षीय भगवती देवी श्रेष्ठले आफ्ना श्रीमान् पर्वतमान श्रेष्ठ र ससुरा कैलासमान श्रेष्डको स्मृतिमा स्थापना गरेकी हुन् । यो छात्रवृत्ति कोष रकम धरान ३ स्थित भानु स्मृति विद्यालयलाई २ लाख ५१ हजार र धरान १६ स्थित शारदा वालिका विद्यालयलाई २ लाख ५१ हजारको गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गरिएको हो । कैलासमान श्रेष्ठ र पर्वतमान् श्रेष्ठ धरानका नाम कहलिएका समाजसेवी हुन् ।

बुवा वाजेको संस्कार र सामाजिक भावनालाई पछ्याउदै छात्रवृत्ति दाताका सुपुत्र सुजनमान् श्रेष्ठले भानु स्मृति विद्यालयको भवन निर्माणका लागि थप २५ हजार सहयोग स्वरुप प्रदान गरेका थिए । आईतबार दुवै विद्यालयमा वेग्ला वेग्लै छात्रवृत्ति कोष हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।

Untitleds-2

कार्यक्रममा वडा नं। ३ का वडाध्यक्ष आशा कुमार श्रेष्ठ र वडा नं। १६ का वडाध्यक्ष दिल कुमार गिरी प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रमका संयोजक होप धरानका अध्यक्ष तथा युवा समाजसेवी निश्चल पलिखेले कुनै पनि गरिव तथा पछाडी परेका बालबालिका शिक्षा पाउनबाट बन्चित नहोस भन्ने उद्देश्यले यो गरिव तथा जेहेन्दार छात्रवृत्ति कोषको स्थापना गरिएको वताए ।

भानु स्मृति विद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदी र शारदा बालिका स्कुलका प्रधानाध्यापक ईन्द्र कुमार राईले कोषको रकम दाता भगवती देवी श्रेष्ठले हस्तान्तरण गरेका थिए । विद्यालय परिवार, स्थानीय अभिभावक एवं समाजसेवी नैनकला न्यौपाने र शान्ता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।