धरान: नेपाली कांग्रेसबाट धरान उपमहानगरको मेयरको उमेद्वार तिलक राईको मत माग्ने शैली अनौठो खालको छ । उनको शैली देखेर धरानबासी मतदाताहरु पनि कायल छन् ।

उनी मतदातालाई नमस्कार गर्दै मात्र भोट माग्दैनन्, मतादतासँग आर्शिवाद पनि मागिरहेका छन् । उनको भोट माग्ने शैलीबाट धरानका मतदाताहरु निक्कै प्रभावित छन् । दुई दिनदेखि धरानको वडा नं १५ को विभिन्न टोल, वस्तीमा पुग्दा उनले अग्रज मतदाताहरुले उनलाई शिरमा हात राखेर आर्शिवाद दिएका थिए । उनी पनि ज्येष्ठ नागरिकहरुबाट मतसँगै आर्शिवाद लिइरहेका छन् । धरान १५ को पिण्डेश्वरी चोक, निराजन बस्ती, शिवगंगा बस्ती, आडा लाइन, वगरकोट जस्ता टोलमा पुगेका राईले ठुलासँग मतसँगै आशिर्वाद पनि मागे । वृद्धवृद्धाहरुले उनलाई शिरमा हात राखेर आर्शिवाद दिए ।

congress-tilak1

आगामी मंसिर १४ मा हुने निर्वाचनमा कांग्रेस र उम्मेदवारले कम्युनिष्ट नेतृत्वको सरकारको कारण धरानको साख गिर्दै गइरहेकोले कांग्रेसलाई जिताएर धरानको साख फर्काउन मतदाताहरुसँग आग्रह गरिरहेका छन् । धरानलाई मृत सहर हुनबाट जोगाउन कांग्रेसले नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेकोले पनि कांग्रेसलाई भोट दिनुपर्ने उनीहरुको भनाई छ । धरानको स्थानीय निर्वाचनमा अहिलेसम्म कांग्रेसले जित दर्ता गर्न सकेको छैन । तर, यसपाली कम्युनिष्ट सरकारबाट जनता वाक्क भइसकेकोले कांग्रेसको जित सुनिश्चित भएको कांग्रेसको दाबी छ । कम्युनिष्टहरु पटक पटक विजयी भए पनि विकास निर्माणको कामलाई अघि बढाउन नसकेको, भ्रष्टचार गरेकोले कारण यसपटक जनताले परिवर्तन चाहेको र आफ्नो जित सुनिश्चित रहेको उम्मेदवार राईको भनाई छ ।

tilak-rai

धरानका रैथाने बासिन्दा तिलक राई मजदुर पृष्ठभुमिबाट राजनीतिमा उदाएका युवा नेता हुन् । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध उनी किराँत राई यायोख्खाको पुर्व केन्द्रीय अध्यक्ष पनि हुन् भने नेपाली कांग्रेसका नगर सभापति पनि हुन् । उनी गत स्थानीयतह निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए । उनी तत्कालिन नेकपा एमालेका मेयर तारा सुब्बासँग पराजित भएका थिए ।

congress 3