धरान : धरानमा रेडक्रस बाँझगरा उपशाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभा संस्थाका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो ।
‘आत्मा साचि राखि मन बचन कर्मले सेवा गरौं’ भन्ने उदेश्यले प्रत्येक बर्ष झै यसबर्ष पनि बार्षिक साधारण सभालाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष उमेश पौडेलले जानकारि दिए । बाँझगरा उपशाखाका लागि आफ्नै छुट्टै भवन बनाउन आवश्यक रहेको अध्यक्ष पौडेलले बताए । उनले धरान-८ अरुण टोलका २ पिडित परिवारलाई कपडा, कम्बल, भाँडा, बाल्टि, त्रिपाल, डोरी वितरण गरेको बताए ।
साधारण सभामा गत बर्ष रक्तदान गर्ने ३५ जनालाई (वल्ड डोनेस कार्ड) वितरण गरिएको थियो भने २३ जनालाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । साथै आर्थिक बर्ष २०७४ ७५ को आय व्याय समेत घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडत्र्रmस सोसाइटीका केन्द्रिय सदस्य बासुदेव गौतम, बिशेष अतिथी सुनसरी जिल्ला नेपाल रेडत्र्रmस सोसाइटी मन्त्रि मुकुल कायस्थ, परिवार नियोजन संघका अध्यक्ष महेश मोहन पलिखे, उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठ, धरान उपममहानगरपालिकाका प्रशासकिय अधिकृत गणेश खतिवडा, नेपाल रेडक्रस सुनसरीका जिल्ला सदस्य श्याम पोखरेलको समेत उपस्थित रहेको थियो ।

































































