इलाम : लोपोन्मुख लेप्चा जातीको भाषा संरक्षणका लागी इलामको रोङ गाँउपालिकाको एक विद्यालयमा लेप्चा भाषाको विषयमा पढाइ हुने भएको छ ।

जंनसंख्याको आधारमा निक्कै कम रहेका लेप्चा जातीको बाक्लो बसोबास रहेको रोङ्गमा उनीहरुकै भाषामा अध्यापन हुन लागेको हो । रोङ ३ जिल्वुङ्गको शारदा आधारभुत विद्यालयमा ऐच्छीक विषयका रुपमा पढाइ हुन लागेको हो । लेप्चा उत्थान मञ्च रोङका सचिव वीरबहादुर लेप्चाका अनुसार भाषा संस्कृतीको संरक्षणका लागी लेप्चा भाषाको पढाइ सुरु हुन लागेको हो । लेप्चाको आफनै लिपी रहेकाले पछिल्ला पुस्तामा सो लिपी हस्तान्तरण गर्न पनि पढाइ सुरु गर्न लागीएको हो । उनका अनुसार शिक्षकक छनौट कार्य थालिएको छ ।

एक जना शिक्षकलाई थप तालिम दिने र कार्यक्षेत्रमा खटाइने छ । सो विद्यालयमा ३० जना लेप्चा जातीका विद्यार्थी अध्ययन गर्ने गरेका छन् । रोङ गाँउपालिकाले २० वर्षे गुरुयोजना बनाएर लेप्चा जातीको भाषा, संस्कृती, रितीरिवाज र लिपी संरक्षणको कार्यक्रम ल्याएको लेप्चा संरक्षण मञ्च रोङका अध्यक्ष दावा लेप्चाले बताए । लेप्चा जातीकै भाषाको आधारमा रोङ गाँउपालिकाको नाम रहेको समेत उनले जानकारी दिए । अन्य धर्मको अतिक्रमण र अन्तरजातीय विवाहका कारण लेप्चा जातीको संख्या कम हुदै गएको उनीहरुको भनाइ छ ।