धरान : धरान १६ निवासी दुर्गा सुवेदीले आफ्ना आमाबुवाको ५० औं स्वर्ण विवाह उत्सव भब्य रुपमा मनाई दिएका छन् ।

मोरंगको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा स्थायी बसोबास गर्दै आईरहेका बुवा शिब प्रसाद सुबेदी र आमा थर्कमाया सुबेदीको विवाहउत्सवका अबसरमा दुर्गाले स्थानीय गछिया आधारभूत विद्यालयलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त प्राप्त भएको सहयोग रकमबाट विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक केसव काफ्लेले बताए । बुवा शिब प्रसाद सुबेदी गछिया आधारभूत विद्यालयका पुर्व शिक्षक पनि हुन् । बुवा सुबेदीले भने, ‘मैले पढाएको विद्यालयमा अधिकांश सुकुम्बासी र विपन्न बर्गका विद्यार्थी छन् । छोराले यसरी सहयोग गरेको देख्दा एकदम खुशी लागेको छ ।’ बुबा शिब प्रसादले छोराको बाल्यकालको स्मरण गर्दै दुर्गा सानोमा चकचके स्वभावको रहेको बताए । तर, बुवाआमाको दुःखलाई नजिकबाट देखेको उनले बताए । आज यसरी ५० बर्ष अगाडिको विवाहको झल्को दिने गरि स्वर्ण विवाहउत्सव मनाईदिदा दुःखहरण भएको उनले बताए ।