इटहरी :  सोमबार साँझ इटहरीको मुक्तीघाट भरीभराउ थियो । घाटको एक कुनामा लहरै शवहरु राखीएका थिए । शवको आडमा रुवाबासी चलीरहेको थियो । मृतकका आफन्तको चित्कारले मलामीहरुको पनी आँखा रसाएको देखीन्थ्यो ।
शवदाहको लागी चिता तयार हुँदै थियो । इटहरीका जनप्रतिनिधीहरु समेत केही बोल्न सक्ने अवस्थामा थिएनन् । बिचरा..... भन्दै दयाको भावना प्रकट गरीरहेका थिए सबै ।
केही समय पछी ५ वटा चिता तयार भयो । ६ वटा शव भुँइमा थिए । रसीलाल चौधरी र उनकी श्रीमती बुधनीदेवी चौधरीलाई भने एउटै चितामा जलाइयो । शव चितामा राख्ने बित्तीकै सबै मलामीका आँखा रसाए । कोही बोल्न सकेनन् ।

Itahari-sok-news-2

फागुन ७ गते बुधवार राति ११ भारतको तमीलनाडुमा नेपाली तिर्थयात्रु बोकेको बस दुर्घटनामा पर्यो । दुर्घटनामा इटहरी उपमहानगरपालिका वडा नम्बर १० का ६ जना सहित १० जनाको मृत्यु भयो । दुर्घटनामा ६ जनाको नगरबासीको मृत्युले इटहरी आफै शोकमा डुबेको छ ।  इटहरीका बिरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, टीकाराम चौधरी, रशिलाल चौधरीको मृत्यु भयो । बुढेसकालमा तिर्थ जाने र धर्म कमाउने भन्दै हिडेका उनीहरु कहिल्यै नफर्कने गरी बिदा भए । धाम गएका वृद्धवृद्धाहरु अन्तत घाटमा भेटीए ।

रसिलाल र उनकी श्रीमती बुधुनीदेवी चौधरीको बुधबार साँझ दुर्घटनामा परी मृत्यु भयो । रसिलालकी बहिनी फुलसरीदेवी पनि सोही दुर्घटनामा परीन् । ७४ बर्षका रसिलालको अन्तीम इच्छा थियो चारधाम जाने । अन्तीम इच्छा पुरागर्न धाम हिडेका उनी आफन्त भेट्न बाकस भित्र पसेर घाटमा आइपुगे ।

बुधुनीदेवीकी ८० बर्षीया दिदि बहीनी आउने दिनको प्रतिक्षामा थिइन् । म कोसेली ल्याउँला भनेर हिडेकी बैनी बाकसमा फर्कीएपछी उनी अहीले मुर्छीत अवस्थामा छिन् ।
६८ बर्षीया बिरबहादुर राईको पनि सोही दुर्घटनामा मृत्यु भयो । ससुराको मृत्युपछी मधुमाया राईको घरमा चुल्हो बलेको छैन । ५५ बर्षीया सासु मञ्जुदेवी सिकीस्त घाईते छिन् । उनका श्रीमान् र जेठाजु बाबुआमा खोज्न गएका छन् । उनी भने घरमा एक्लै टोलाइरहेकी छिन् । दिनभर आफन्त र छिमेकी आएर सान्त्वना दिनपनि मधुमायाको मन पोलीरहेको छ ।

यता टिकाराम चौधरीको घरमा पनि त्यस्तै शोकको वातावरण छ । मृत्युको खबर सुन्ने बितीकै उनकी श्रीमती बेहोस् भएकी थिइन् ।  अहिलेपनि उनी बेलाबेला मुर्छापर्ने गर्छीन् ।  गोपाल तामाङ यस अघिपनि परीवारसंग सल्लाह नगरी हिड्ने गर्थे । जसले जहाँ जाउ भन्यो त्यही हिड्ने उनको बानी थियो । यसपालीपनि उनी यताउता जान्छु नभनी घरबार निस्केका थिए । तर यसपालि भने घर छाडेको १५ दिनको दिन उनले संसार नै छाड्नुपर्यो ।

itahari 3

माघ २३ गते इटहरीबाट छुटेको को १ ख ५३३४ नम्बरको गाडी भारतको सलेम बैंगलोर सडकखण्डमा दुर्घटना भएको थियो । मृतकका आफन्तका अनुसार होटेल खोज्न जाने क्रममा रोकीराखेको बसमा आएर ट्रकले ठक्कर दिएको थियो ।

मृतक ६ जनाको परीवारलाई राहत उपलब्ध गराउने महानगरले विज्ञप्तीमार्फत जानकारी गराएको छ । मृतकको नाममा उपमहानगरले मंगलबार शोक बिदा दिएको छ ।

itahari 2