काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदैछन् । राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।

आज मध्याह्न कैलालीको धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उदघाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १५ बिहीवार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फवाट नागरिक अभिन्नदनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।