भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ ।
मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई बुधवार बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए ।
घटना सम्बन्धमा आज बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


































































