तस्करीको सुन बाँडफाँड गरेको आरोपमा १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

  • फाल्गुन १४, २०७६
  • २८० पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो। केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानविन सुरु गरेको हो ।

प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको उक्त परिमाणको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ। पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरुलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved