धरान: केही दिन यतादेखि कोरोनाको कारण माक्स अभाव भएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाईरस (कोभिड १९) को उच्च जोखिमको सुचीमा राखेसंगै अहिले पुर्वमा मेडिकल माक्स (सर्जिकल माक्स) अभाव भएको हो । पुर्वकै ठुलो स्वास्थ्य संस्था बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अगाडीका सबै औषधी पसलहरुमा मेडिकल माक्स  (सर्जिकल माक्स) अभाव भएको छ ।

विषेशगरी मेडिकल माक्स (सर्जिकल माक्स) औषधी पसलहरुमा बेचविखन हुने गर्दछ । एक पटक प्रयोग गरे पछि पुनः प्रयोग गर्न नसकिने सर्जिकल माक्स एक प्रकारको कागजबाट बनेको हुन्छ ।

चीनमा उत्पादन हुने सर्जिकल माक्स चीनमै कोरोना भाईरस देखा परे पछि नेपालका मेडिकलहरुमा आउन छाडेको औषधी व्यावसायीहरु बताउछन् । सामान्यतया मेडिकल माक्स (सर्जिकल माक्स) को मुल्य १ सय ९० देखि २ सय रुपैया सम्ममा एक बट्टाको विक्रि हुने गर्दथ्यो । तर अहिले बट्टाको १५ सय रुपैया किन्ने ग्राहक हुँदा पनि माक्स बजारमा पाउन छाडिएको छ ।

माक्स अभाव किन भयो त ?
चीनको बुहान शहरमा कोरोना भाईरस (कोभिड १९) सवै भन्दा पहिले देखा पर्यो । मानिसबाट मानिसमा तिव्र गतिमा सर्ने कोरोनाका कारण नेपालबाट चीन र हङकङमा माक्स किनेर नेपालबाट पठाउन थालियो ।

प्रतिष्ठान अगाडीको हलेसी फार्मेसीका संचालक नवराज ढुंगानाका अनुसार केही दिन अघि हङकङका आफन्तलाई भन्दै माक्स किनेर पठाउनेको ठुलो जमात औषधी पसलमा आउने गर्दथे । भएको माक्स किनेर हङकङ बस्ने आफन्तलाई पठाए पछि अहिले धरानको औषधी पसलहरुमा मेडिकल माक्स (सर्जिकल माक्स) अभाव भएको ढुंगानाले बताए ।

प्रतिष्ठान गेट अगाडीको अर्काे औषधी पसल गुम्बा फार्मेसीका संचालक सुबास पौडेलका अनुसार आज (बुधवार) मात्रै माक्स खोज्दै औषधी पसलमा २ सय भन्दा बढी ग्राहक आए । नेपालमा पनि कोरोनाको जोखिम बढदै गएको भनिए पछि सर्वसाधारण माक्स खोज्दै औषधी पसलहरु सम्म पुग्दा माक्स पाउन छाडेको उनले बताए । धरान १२ को छाताचौकमा रहेको बालाजी मेडिकलका संचालक सतिश अग्रवाल पनि आफ्नो पसलमा १५ दिन देखि माक्स अभाव भएको बताउछन् । 'महंगोमै भए पनि खरिद गर्न आउछन तर के गर्नु माक्स छैन '।

चिकित्सक माक्स किन्न लगाउछन : 
धरान १३ निवासी पवित्रा राईलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आप्mनो छोरालाई उपचार गर्न लादा औषधी संगै माक्स पनि किन्न लगाए ।

त्यो किन्न लगाएको माक्स विरामीले लगाउनलाई भने होईन डाक्टरले लगाउनका लागि किन्न लगाएको उनी बताउछन् । स्कुलमा आफ्नो बच्चा लडेर चोट लागे पछि उपचारका लागि  छोराको उपचार गर्न प्रतिष्ठान पुग्दा डाक्टरले माक्स किन्न लगाउदा बल्ल तल्ल भेटको बताउदै उनले भने ४ रुपैया पर्ने माक्स २० रुपैयामा किन्नु पर्यो । कोरोनाको त्रासको कारण अहिले आएर पुर्वमा मेडिकल माक्स (सर्जिकल माक्स) औषधी पसहरुमा पाउन छाडेको छ ।

राज्यको तयारी खोई ?

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिन १९) उच्च जोखिमयुक्त मुलुकको सुचीमा राखिसकेको छ । नेपाल सरकारले भने यसबाट बच्नको लागि सुरक्षा व्यवस्थाको कुनै पनि तयारी गरेको देखिदैन ।

नेपाल सरकारले भाइरसबाट बच्नको लागि भीडभाड र महोत्सव जस्ता कार्यक्रम नगर्न भनेर मात्रै आह्वान गरेको छ । नेपाली नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहने भरपर्दो उपाय ’सर्जिकल माक्स’ लागेको छ । अहिले बजारमा माक्स पाउन छाडिएको छ ।

नेपालमा पाँचथरीका माक्स पाइन्छ । कपडाको र कागजका दुई लेयर, तीन लेयर, चार तहको माक्स पाइन्छ । फिल्टर माक्स पनि तीन तहको हुन्छन् एन ९०, एन ९५ र एन ९९ । थरी थरीका माक्स बजारमा पाईए पनि सबै माक्सले एउटै काम गर्ने चिकित्सकहरु बताउछन् । खुल्ला हुनु भन्दा माक्स लगाउदा स्वास्थ्यलाई राम्रो हुने बताईन्छ ।

राज्यले विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोनाको उच्च जोखिमबाट सर्तकता समयमै अपनाउन जरुरी छ । यस कारण सर्वसाधरणलाई माक्स जस्ता कुराहरु सहजरुपमा उपभोग गर्न सक्ने राज्यले पहल गर्नुपर्ने देखिन्छ ।