इटहरी : देशवासीको नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गर्ने घोसणा गरे ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने झैँ अत्यावश्यक भित्र पर्ने कार्यालयका प्रकृति राजपत्रमा प्रकाशित भइसकेको छ । २०७६ असोज २७ गते गृह मन्त्रालयले जारि गरेको राजपत्रमा १९ किसिमका सेवालाई अत्यावश्यक सेवा भएको छ ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा :

-डाँक तार वा टेलिफोन सेवा
-जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
-हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
-हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
-प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
-हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
-सञ्चार सेवा
-आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
-खानेपानीको सञ्चालन तथा वितरण सेवा
-पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
-पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
-अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
-औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
-फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,-बैंकिंङ सेवा
-बीमा सेवा

-विद्युत सेवा

-दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।