इटहरी : इटहरी उपमहानगरभित्र लाग्ने साप्ताहिक हाटबजारहरू तत्कालको लागि बन्द हुने भएका छन् । उपमहानगरले सूचना जारी गर्दै इटहरीका सबै ठाँउहरुमा लाग्ने साप्ताहिक हाटबजार नलाग्ने जनाएको हो ।

कोरोना भाइरसको सङ्क्रमण वाट बच्न हाटबजार नलगाउन र नजान सम्बन्धित सबैलाई आग्रह गरिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । अर्को सूचना जारी नभएसम्मका लागि साप्ताहिक हाटबजार स्थगित गरिएको हो ।

यसअघिनै उपमहानगरले विभिन्न तालिम कार्यक्रमहरू चैत मसान्त सम्म रोक्न आग्रह गरिसकेको छ । इटहरीमा सिनेमा हल,जिमखाना,डान्सवार,क्लब लगायत पनि चैत मसान्त सम्म सञ्चालन हुने छैनन् ।