इटहरी : कोरोना भाइरस (कोभिड १९०)  को सन्त्रासले व्यापार व्यावसाय बन्द भएका छन् । घरभाडामा लिएर व्यापार व्यावसाय गर्नेहरू मारमा परेका छन् । घरभाडामा बस्नेको समस्यालाई मध्यनजर गर्दै इटहरीका नेपाली कांग्रेसका युवा नेता बिकास केसीले घरभाडा नलिने घोषणा गरेका छन् ।

इटहरी-४ आइतबारे घर भएका उनले आफ्नो घरमा बस्ने २ परिवारलाई कोरोनाको सन्त्रास नहटुन्जेल भाडा नलिने बताए । दुई परिवारबाट मासिक रुपमा २४ हजार उठ्दै आएको तर कोरोनाको सन्त्रासको समयमा भाडा नलिने उनको भनाइ छ ।

कोरोना भाइरसका कारण बिश्वनै आतङ्कित भएको र अर्थतन्त्र चौपट रहेको बेला आफ्नो क्षेत्रबाट मानवीय कर्तव्य पुरा गर्न सहयोग गरेको केसीले बताए ।