इटहरी : पटक पटक विवाद तानिने इटहरीका मेयर द्वारिकलाल चौधरी पुन बिबादमा तानिएका छन् । कोरोनाको बिरुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एक टेलिभिजन कार्यक्रममा प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।

पत्रकारलाई तथानाम बालेर गालि गर्न माहिर इटहरिका मेयर द्वारिकलाल चौधरीले यतिबेला पुन: विवादित बनेका छन् । कोरोनाको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हाल सम्म देखा नपरेका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गर्न खोजेको थियो ।

इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भाईरसको त्रास तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।

'मेयर साब नमस्कार एरिना टेलिभिजनबाट बोलेको सर' त्यति भनेसी मेयर चौधरीले भने 'फोन राख मु।।।।।।।जी,फोन राख बादरचुत ।'