धरान : सरकारले घोषणा गरेको 'लकडाउन'उल्लङ्घन गरेको भन्दै प्रदेश एकमा एम्बुलेन्स पनि कारबाहीमा परेको छ ।

बिहीबार सम्म प्रदेश एक भित्र एक एम्बुलेन्स सहित १४६६  लकडाउन उलङ्घन गर्ने सवारीको ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

विराटनगरवाट भद्रपुर पुगेर नक्कली बिरामी ल्याएको आरोपमा झापाको झिलझिले प्रहरीले को २ च १२६६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार एम्बुलेन्स चालक कटहरी बस्ने अजय सरदारलाई पनि नियन्त्रणमा लिएको छ । विराटनगर स्थित परिवर्तन समाज कल्याण ट्रष्टको उक्त एम्बुलेन्स भारत सरकारले दिएको हो । चालक सरदारले बिरामी को नाटक गरेर यात्रुले आफूलाई झुक्क्याएको बताए ।

एक नम्बर ट्राफिक प्रहरी प्रमुख भीम दाहालका अनुसार पहिलो दिन ८० ,दोस्रो दिन ५५८ र तेस्रो दिन १०७  सवारी नियन्त्रणमा लिइएको छ । थप कडाइ गर्दै गएकाले लकडाउन उलङ्घन गर्नेको सङ्ख्या  घटिरहेको दाहालले जानकारी दिए ।

Sawari-Niyantran-2

सङ्क्रमण रोग ऐन २०२० अनुसार बाहिर नजान सरकारले आदेश उलङ्घन गरेमा कारबाही समेत गरिने उल्लेख छ।
लकडाउन उलङ्घन गरिमा १ महिना कैद र १०० रुपैयाँ सम्म जरिवानाको प्रावधान छ । लकडाउन उलङ्घन गरी सुरक्षाको लागि खटिएका प्रहरीमाथि अवरोध ल्याउनेलाई ६ महिना कैद र ६०० रुपैयाँ सम्म जरिवाना तोकेको छ ।