इटहरी : इलाका प्रशासन कार्यालय बाट अनुमति लिएर सेनेटाइजर बिक्री गर्दा समेत रतुवामाई नगरपालिकाले गुण्डागर्दी तरिकाले नियन्त्रणमा लिइएको आरोप व्यापारीले लगाएका छन् ।
रतुवामाईका मेयर रविन राईले स्वीकृत नलिई ईजी सप् नेपाल इटहरीले बिक्रीको लागि दक्षिणी मोरङको सिकुवा पुर्याएको सिनिटाईजर शुक्रवार नियन्त्रणमा लिएका थिए ।
नगरपालिकाका नगर प्रमुख रविन राईले लकडाउन समयमा उक्त सपका सञ्चालक निलम खड्काले नगरपालिका क्षेत्रमा सवारी सञ्चालनको लागि नगरपालिका सँग समन्वय नगरेको भन्दै नियन्त्रणमा लिएका थिए ।
औषधि सप्लायर निलम खड्का भने मेयरले अत्यावश्यक सेनेटाइजर बिक्रीमा रोक लगाएको आरोप लगाए । 'न मैले महँगो शुल्कमा बेचेको छु न त अवैधानिक सामान ल्याएर बेचेको छु' खड्काले भने ' कि त नगरपालिकालाई पनि सवारीको पास दिने अधिकार सरकारले दिनु पर्यो नत्र इलाका प्रशासन कार्यालयले दिएको पासको भ्यालु के भयो?'
खड्काले इलाका प्रशासन कार्यालय उर्लाबारी सँग उर्लाबारी–काठमाडौँको लागि चैत्र १२ देखि १८ गते सम्मको सवारी सञ्चालन तथा ढुवानीको लागि पास लिएका थिए । अति आवश्यक स्वास्थ्य सामाग्रीको रूपमा चिनिएको २ सय ५० थान सेनेटाइजर नगरपालिकाले नियन्त्रणमा लिएको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नगरपालिका हर तरहका प्रयास गरिरहेको त्यहीँ बेला अनावश्यक रूपमा जनता भड्काउने काम गरेको मेयर राईले बताउँदै आएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        
















































 
         
         
        