काठमाडौं : सरकारले लकडाउन एकसाता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको बन्दाबन्दी सोमबार सकिँदैछ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जानकारी दियो ।

“यस्तो अवस्था छ । सङ्क्रमित थपिन थालेका छन् । बेलुकी मन्त्रिपरिषद्को बैठकले त्यसबारे आवश्यक निर्णय गर्छ । झन् सतर्कता अपनाउनुपर्ने परिस्थिति छ,”
लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी रहेको स्रोतको दाबी छ ।

Jhapa-lockdown-2

भारतले २१ दिनसम्म बन्दाबन्दी घोषणा गरेकाले समय गुज्रन बाँकी रहेकाले त्यसको अध्ययन गरेर नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको भनाइ छ ।