इटहरी : नेपालमा एकै दिनमा कोरोना भाइरसका तिन जना संक्रमित भेटिएका छन् । एकैपटक तीन जना नया कोरोना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजको जानकारी अनुसार भेटिएका दुइ जना भारत आएका हुन् भने एक जना नेपालमै बस्ने हुन् ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ ।

जानकारी संगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेका छन् । जसमध्ये एक जनालाई निको भइसकेको छ ।