इटहरी : शनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

चैत २५ पछि लकडाउन सकिने लकडाउनको विषयमा सरकारले कुनै निर्णय गरेको छैन । लकडाउन सकिन ३ दिन मात्र बाँकी रहँदा पनि के गर्ने भन्नेबारे शनिवारको बैठकमा भने निर्णय गर्न नसकेको हो ।

लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्कोमा जान नपाइने निर्णय समेत गरेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन सुरु भएको लकडाउन एक पटक समय थप गर्दै गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको थियो ।