धरान : धरान १४ मा विपन्न र दीर्घ रोगी घर परिवारलाई दैनिक प्रयोग गरिने औषधि वितरण गरिएको छ ।

धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठमा स्वकीय सचिव प्रताप भट्टराई ले ३० परिवारका ३६ जनालाई नियमित सेवन गर्ने औषधी वितरण गरेको हुन ।

लकडाउन समय थपिएर औषधी किन्न नपाएका र तथा विपन्न परिवारलाई ४० हजार बराबरको औषधी वितरण गरिएको प्रताप भट्टराईले बताए ।

रुघाखोकी, ज्वरो, जीवनजल, प्रेसर, सुगर, तथा दमका बिरामीहरूले दैनिक रूपमा प्रयोग गर्ने औषधी वितरण गरिएको वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए ।