नेपाल सरकारका अर्थमन्त्री डाक्टर यूवराज खतिवडाले आज संघिय संसदमा आर्थिक बर्ष २०७५–०७६ को लागि आर्थिक बजेट प्रस्तुत गरेका छन् । खतिवडाले प्रस्तुत गरिरहेको बजेटमा चलचित्र क्षेत्रलाई पनि समेटिएको छ । सरकारले सन्देश मुलक चलचित्रको निर्माणका लागि सहुलियत दिने भन्दै यसमा बजेट छुट्टयाएको बताएको छ ।

यस्तै, सरकारले बक्स अफिस प्रणाली लागू गर्ने समेत बताएको छ । चलचित्र क्षेत्रको व्यापारलाई करको दायरामा ल्याउने र पारदर्शी व्यापारका लागि ई–टिकेटिङ लागू प्रणाली बक्स अफिस लागू गर्ने अर्थमन्त्रीले बजेट भाषणमा उल्लेख गरेका छन् ।

नेपाली चलचित्रमा लामो समयदेखि बक्स अफिसको मुद्दा उठिरहेको थियो । चलचित्र निर्माता संघ र चलचित्र संघ दुबैले बक्स अफिसका लागि सहमती जनाइसकेका छन् । चलचित्र विकास बोर्डले पनि बक्स अफिस प्रणालीको लागि काम अगाडि बढाइ सकेको छ ।