धरान: स्वस्थ्य धरान, स्वच्छ धरान नारा दिएर शुरु भएको धरान रनले आज शनिबार ४ सय हप्ता पुरा गरेको छ ।

रोग लगेर अस्पतालमा उपचारमा जानुभन्दा रोग लाग्नै नदिने उद्देश्यले धरानका युवाहरुले करिब ८ बर्षअघि धरान रन शुरु गरेका थिए । प्रत्येक साता शनिबार धरान रन ठिक ७ बजे शुरु हुन्छ । धरान ८ स्थित यलम्बर सामुदायिक वनको अघि पुरानो घोपा क्याम्प जाने सडकमा हुने दौड ३.५ किलोमिटर छ । यलम्बरबाट शुरु भएर धरान ८ तीनकुनेस्थित श्रीजंगाको सालिक एक फन्को मारेर पुनः यलम्बरमा आएर टुंगिन्छ ।

49810331_526529511088616_2310780705480638464_n copy

धरान रनका अध्यक्ष रमु राईका अनुसार ४ सय हप्तामा आज २ सयको हाराहारीमा दौडिएका थिए । आजसम्म ११ हजार ५ सय ५१ जना धरान रनका सदस्य भइसकेका छन् । ‘धरानलाई स्वस्थ्य राख्ने हो भने, आफुलाई रोगबाट जोगाउने हो भने नियमित दौडनुपर्छ, व्यायम गर्नुपर्छ भनेर धरान रन शुरु भएको हो,’अध्यक्ष रमुले भने,‘आज ४ सय हप्ता पुरा हुदा ज्यादै खुशी छौ ।’ धरान रनमा ५ बर्षदेखि ७० बर्षसम्मका व्यक्तिहरु दौडने गर्छन् ।

४ सय हप्ता पुरा भएको अवसरमा सहभागीहरुलाई मिठाई, फलफुल वितरण गर्नुका साथै वेलुन पनि उडाइएको थियो । यस्तै, केही दिनअघि मात्र क्यान्सरले यु.के.मा निधन भएकी धरान रनकी सहयोगी एवं शुभचिन्तक उमा गुरुङको स्मृतिमा आज धरान रन हुनुअघि एक मिनेट मौन धारण पनि गरिएको थियो । उनी धरान निवासी हुने ।

49351315_378269116056140_2862426811785019392_n copy

धरान रन सन् ७ सेप्टेम्बर सन् २०११ देखि शुरुवात भएको थियो । बेलायतमा नियमित हुने पार्क रनको अवधारणामा सन्तोष राई र उनका साथीहरु मिलेर शुरुवात गरेका थिए । अहिलेसम्म कुनै पनि साता धरान रन रोकिएको छैन । पानी, झरी, चाडपर्वको दिनमा पनि धरान रन आयोजना हुन्छ । धरान रनले विगत ७ बर्षदेखि नेपालकै ठुलो मध्येको एक दौड प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यसपाली फागुन २५ मा धरान १० के रन सातौ नेवा च्यारिटी रन आयोजना हुदैछ । जसमा ३ हजार सहभागी गराउने लक्ष्य राखिएको छ ।

                                       टि सर्ट र जुत्ता वितरण

IMG_9387 copy

प्रत्येक साता शनिबार आयोजना हुने धरान रनले सहभागीहरुलाई प्रोत्साहन गर्न नियमित २० साता र ५० साता पुरा गर्नेहरुलाई टि सर्ट वितरण गर्ने गरेको छ । आज शनिबार पनि ५० हप्ता पुरा गर्ने १० बर्षीय भीम तामाङ र २० हप्ता पुरा गर्ने १२ बर्षीय कृष्ण गुरुङ, १६ बर्षीय मिलन गुरुङलाई टि सर्ट विरतण गरिएको थियो ।

यस्तै, प्याब्सन सुनसरीले उपलब्ध गराएको जुत्ता पनि ५ जनालाई उपलब्ध गराइएको थियो । धरान रनले दिपेश लिम्बू, दिपराज लिम्बू, दिवस लिम्बू, सौरव राई र शक्ति विकलाई जुत्ता प्रदान गरेको थियो ।

IMG_9391 copy IMG_9385 copy

49729308_411606989579815_8633052670627676160_n copy IMG_9368 copy 50273915_761257274321328_6064338215286865920_n copy IMG_9380 copy