ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “चिता बन्यो, तर शव जलेन” शीर्षकको समाचार छापिएको छ । मोरङ पथरीशनिश्चरे ७ का २६ वर्षीय षडराज तामाङको मृत्यु भएको २ साता वितिसक्दा पनि दाहसंस्कार भएको छैन । फागुन १६ गते राति स्थानीय सिक्का बार एण्ड लाउञ्जका सञ्चालकसंग झगडा गरेका तामाङको केही समयपछि बार नजिकै शव फेला परेको थियो । अस्पतालमा राखिएको शव जलाउनका लागि भन्दै परिवारले केही दिनअघि चिता तयार पारेको थियो । तर परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेपछि शव जलाएन । परिवारले प्रहरीकोे समेत मिलेमतो रहेको आशंका गर्दै अपराधी पत्ता नलागेसम्म दाहसंस्कार नगर्ने अड्डी कसेको छ । प्रहरीमा किटानी जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर कमल बजगाईले दर्ता नगरेको परिवारको भनाई छ ।

उद्घोष : आजको उद्घोष् दनिकमा “विप्लव समूह लुटेरा” शीर्षकको समाचार छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह लुटेरा भएको बताएका छन् । धम्क्याएर पैसा माग्ने नदिए बम पड्काउने र मान्छे मार्दै आएकोले उनीहरु सो समूह लुटेरा भएको उनले बताए । आइतबार विराटनगरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनले भने, ‘लुटेराहरुलाई हतियार बुझाउन समय दिइएको छ, समयमै हतियार नबुझाए सरकार पनि हतियार उठाउन बाध्य हुनेछ ।’ प्रधानमन्त्री ओलीले विप्लव समूहले लिएको बाटो नसच्याए सरकारले उनीहरुलाई कानुनअनुसार कारवाही गर्ने स्पष्ट पारे । मुलुकमा विकासको काममा बाधा हाल्दै चन्दा माग्ने र नदिए बम पड्काएर ध्वंश बनाउने समूहविरुद्ध सरकार कठोररुपमा प्रस्तुत हुने चेतावनी दिदै उनले भने, ‘हिंसा र अराजकता मच्याउनेलाई कारवाही गरेर छाड्छु ।’

त्यसैगरी आजको उद्घोष दैनिकमा “खोला उत्खनन्मा अनुगमन छैन” शीर्षकको अर्को पनि समाचार छापिएको छ । मोरङको केराबारीस्थित खदम खोला उत्खनन्मा अनुगमन नहुँदा व्यवसायीहरुले उन्मुक्ति पाउने गरेका छन् । केराबारी गाउँपालिकाले खदम खोलामा प्रारम्भिक वातावरणिय परीक्षण –आइईई) गरेको ६ ओटा क्षेत्रमा मापदण्ड अनुसार उत्खनन्का लागि अनुमती दिएको भएपनि अनुगमनका क्रममा शुक्रबार जादाँ व्यवसायीहरुले निशेधित क्षेत्रबाट समेत उत्खनन् गर्ने गरेको भेटिएको छ । गाउँपालिकाले निर्धारित क्षेत्रभित्र मापदण्ड अनुसारको काम भए नभएको, सम्झौता अनुसारको परिमाणमा व्यवसायीहरुले काम गरेका छैनन् भसन निगरानी गर्न वडा नं. ७ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरको संयोजकत्वमा आधादर्जन बढी वडाध्यक्षसहितको अनुगमन समिति पनि बनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “छैन प्रकोपको पूर्व तयारी” शीर्षकको समाचार छापिएको छ । यसपटक झापामा बाढीकै कारण १७ जनाको ज्यान गयो । मंसिर ९ गते शिवसताक्षीमा घरमै आगो लागेर एकै घरका नाबालकसहित ४ जनो मृत्यु भयो । समयमा दमकल नभएर नै ठुलो क्षति बेहोनुएपर्यो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा ३९ वटा आगलागीका घटना भएका छन् ।आगलागीबाट ३ करोड ८६ लाख ७५ हजार ५ सय रुपैयाँको धनमाल जलेर नष्ट भएको हो । अधिकांश आगलागीका घटना विधिुत सर्ट, ग्याँस सिलिण्डर लिक भएर र गोठमा खोले पकाउँदा गर्दा आगो फैलिएको प्रहरीले जनाएको छ । २०७० सालदेखि अहिलेसम्म आगलागीकै घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ ।