मुम्बई : यौन दुव्र्यवहारको आरोमा मुद्दा खेपिरहेका बलिउड अभिनेता नाना पाटेकरले प्रहरीबाट क्लिन चिट पाएपछि उनीमाथी आरोप लगाउने अभिनेत्री तनुश्री दत्ता चिन्तित छिन् ।

हाल अमेरिकामा रहेकी तनुश्रीले साथीमार्फत अदालतले पाटेकरलाई क्लिनचिट दिएकी थाहाँ पाएकी थिइन् । विहान करिब ६ बजेतिर एक साथीले फोन गरेर यो विषयमा बताएको थियो । प्रहरीको निर्णय गलत हो, किनकी पाटेकर पहिलेदेखि नै क्लिन चिट पाउने कोशिस गरिरहेका थिए । मैले पहिले नै भनिसकेकी छु, उनले भनकी छन्, उनीहरुमाथी झुटो बयान दिनका लागि दबाब दिइरहेका छन् । हामीसँग कुल १० साक्षी छन् । तर, केवल एक बयान मात्र दर्ता भयो । अन्य साक्षीहरु अगाडि आउन सकेनन् । किनकी उनीहरुलाई धम्कीपूर्ण फोन आइरहेका छन् ।

उनले प्रहरीले आफुसँग पर्याप्त प्रमाण नभएको बताएको खुलाईन् । “प्रहरी समक्ष बयान नपुग्नका लागि नै बाधा अवरोध भइरहेको छ । जोजो मानिसले नानाको समर्थनमा बयान दिए, ती सबै उनका नजिकका साथी हुन्”, उनले भनेकी छन्, “जब मलाई नानाले दुव्र्यवहार गरे । त्यो समयमा सुटीङमा उपस्थितमध्ये कोहीपनि मेरा साथी थिएनन् । साक्षीले केही नभएको कुरा बताएनन्, बरु उनीहरुले आफ्नो सम्झनामा नरहेको झुटो बयान दिए ।” तनुश्रीले आफु निराश हुने बताएकी छन् । कुनै कुराले आफुलाई धक्का लाग्दा मात्र निराशा हुने जनाउँदै उनले नानाको मुद्दामा आफुले धेरै आशा नराखेको बताईन् ।