सन् २०१० की मिस इन्डिया युनिभर्सको ताज पहिरिएकी अभिनेत्री उशोशी सेन गुप्तामाथि अभद्र व्यवहार भएको छ ।

अभद्र व्यवहार गरेको आरोपमा कोलकता प्रहरीले सातजनालाई गिरफ्तार गरेको छ । उशोशीका अनुसार मंगलबार राति कामबाट घर फर्किदै गर्दा केही अज्ञात व्यक्तिले कोलकताको जवाहरलाल रोड क्रसिङ नजिकबाट उनलाई पछ्याएका थिए । आफ्नी एक सहकर्मीका साथ रहेकी उनी सवार कारलाई युवकहरुले ठक्कर दिए । र, तगतै युवकहरुले कार चालकलाई कुटपिट गर्न थाले । उशोशीले घटनाबारे जानकारी तस्बिरसहित आफ्नो फेसबुकमा समेत पोष्ट गरेकी थिइन् । प्रहरीले फेसबुकमा पोष्ट गरेको उनको तस्बिर तथा सीसीटिभी फुटेजका आधारमा सातजनालाई गिरफ्तार गरेको हो । उनले आफ्नो सुरक्षासँगै कार ड्राइभरलाई निर्मम ढंगले कुटपिट गरेकाले बोल्नु परेको बताएकी छिन् । उनले आफुलाई दुव्र्यव्यवहार भने नगरको जनाएकी छन् ।