धरान : आगामी असोज ३ गतेबाट देशैभर प्रर्दशन हुन लागेको नेपाली चलचित्र “कबड्डि कबड्डि कबड्डि”को टिमले यतिबेला प्रचारप्रसारलाई तिब्र गतिमा लान नयाँ शैली अप्नाएका छन् ।

उक्त टिमले हाजिरिजवाफ प्रतियोगिता शुक्रबार धरान स्थित रहेको नेपाल प्रहरी मा.वि.मा आयोजना गरेको थियो । विद्यार्थीहरुलाई नेपाली चलचित्रप्रती आकर्षित गर्दै नेपाली चलचित्र क्षेत्रको अधिक जानकारी दिने उद्देश्यले BP4ENTERTAINMENT को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । ज्ञान पनि फन पनि उदेश्यले गरिएको हाजिरीजवाफ प्रतियोगितामा धरान आदर्श बोर्डिङ स्कुल विजेता भए भने उपविजेता नेपाल प्रहरी मा.वि. भए । विजेताले ५ हजार नगद, ट्रफी, प्रमाणपत्र ५ वटा टिकट प्राप्त गरेका थिए । यसै उपविजेताले नगद २ हजार, ट्रफी, प्रमाणपत्र र ३ वटा टिकट प्राप्त गरे । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अविभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमले नेपाली फिल्मको प्रचार मात्र नभएर विद्यार्थीहरुमा नेपाली चलचित्रको बारेमा ज्ञान प्राप्त हुने भएकोले यस्तो खाल्को कार्यक्रमहरु हुनु आवश्यक रहेको भन्दै बिष्णु मेमोरियलका शिक्षक शम्भु ढुङ्गेलले आयोजकलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा बोल्दै पुलिस स्कुलका प्रिन्सिपल डकेन्द्र रायमाझीले यस कार्यक्रमले विद्यार्थी र शिक्षकहरुलाई नेपाली फिल्म प्रतिको मोह बढेको भन्दै पछिल्लो समय नेपाली फिल्मको धेरै सुधार भएको बताए । मौलिक विषयवस्तुमा उठान गरिएको चलचित्र “कबड्डि कबड्डि कबड्डि” आगामी असोज ३ गतेबाट देशभर एकै साथ प्रदर्शनमा आउँदैछ ।