काठमाडौं : सन् २०१९ को मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहको पोल्टोमा परेको छ ।

मिस वर्ल्डको ६९ औं संस्करणमा १ सय २० देशका प्रतिस्पर्धीलाई उछिन्दै टोनी एन सिंहले प्रतियोगिताको शीर्ष स्थान हासिल गरेकी हुन् । शनिबार बेलायतको लण्डनमा आयोजित उक्त प्रतियोगितामा फ्रान्सकी ओफेली मेजिनो फर्स्ट रनर अप भइन् भने सेकेन्ड रनर अपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।