धरान : धरानकै एकमात्र पहिलो र विश्वसनिय अनलाईन फुड डेलिभरी कम्पनी भोकलाग्यो डटकमले आफ्नो पहिलो वार्षिकोत्सवको अबसरमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

कुलुङ इनोभेशन प्रा.लिद्वारा सञ्चालित भोक लाग्यो डटकमले आज (मङ्गलबार) धरानमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १ देखि ७ गतेसम्म मोबाइल एप, फेसबुक पेज, वेवसाइट तथा डाइरेक्ट कल गरेर खाना अर्डर गर्नेहरुमध्ये लक्की ड्र मार्फत आमना टुर्स एण्ड ट्राभल्ससँग सहकार्य गरि २ जना भाग्यशालि विजेतालाई पोखरा ट्रिप फ्री गराईने सो कम्पनिका संस्थापक नरेन कुलुङले घोषणा गरेको हो । 

बदलिँदो शहरीकरणको विकाससँगै व्यस्तताका कारण समयको सदुपयोग तथा स्वरोजगारको श्रृजना गर्ने भोकलाग्यो डटकमको प्रमुख उद्देश्य रहेको ब्राण्ड म्यानेजर संजिव कुलुङले बताए । हाल भोकलाग्यो डटकममा ५ जना कर्मचारी रहेको उनले जानकारी दिए ।

भोकलाग्यो संग सहकार्य गरेको २ हप्ता मात्रै भएको भाटभाटेनी फास्टफुडका संचालक रोजन रनपहेलीले बताए । उनले हालसम्म भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न आउने ग्राहकहरुले प्रत्यक्ष सेवा लिइरहेको बताउँदै अहिले आएर हाम्रो सेवा भोकलाग्यो डटकम मार्फत पनि सेवा उपलब्ध गराउन पाउँदा हाम्रा नियमित ग्राहक खुशी भएको तथा नयाँ ग्राहकहरु पनि जोडिनू भएकोमा खुशी व्यक्त गरे ।

डि काठमाण्डु मःम हाउसका संचालकले काठमाडौंमा जस्तै धरानमा पनि फुड डेलिभरी कम्पनीहरुको वृद्धि हुन सके नयाँ व्यावसायलाई केही टेवा पुग्ने बताए ।  यस्तै विषयमा आफूले सोचिरहेको बेला भोकलाग्योले प्रस्ताव लिएर आउँदा अत्यन्तै खुशी भएको उनले बताए ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले आफुले नियमित भोकलाग्योबाट सेवा लिईरहेको बताए । आफु कार्यालयको समयमा हुँदा बाहिर निस्केर खाजा खाने समेत समय नभएको बेला कार्यालयमै खाजा मगाएर खाने गरेको उनले सुनाए । उनले भने, ‘धरान बाहिरबाट आउने पर्यटकहरुको लागी धरानमा कुन होटल, रेष्टुरेन्ट कहाँकहाँ छन भनेर हेर्न सकिने र कुनैबेला घरपुग्दा नानीहरुलाई खाने कोशेली बोक्न बिर्सेकोबेला भोकलाग्योबाट अर्डर समेत  गर्नेगरेकोले सहज भएको अनुभव सुनाए ।

हाल क्यास अन डेलिभरी, फोन पे, ई सेवा पे, कार्डबाट स्वाएप सुविधा, अर्डर गरेको खाना, डेलिभरी व्वाईसंग (एन आई सी एसिया बैंकको पोस मेसिन मार्फत स्वाइप गरेर तिर्न मिल्ने) व्यवस्था रहेको जनाएको छ ।