काठमाडौं : काठमाडौं दरवारमार्गबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २८ प ४०४२ नम्बरको मोटरसाईकल चालक प्रेम नाथ सेडाईलाई पक्राउ गरेको हो ।
उक्त मोटरसाईकल चालक सेडाईले सवारी चलाउँदा कागजपत्र साथमा नराखी चलाएका थिए । सेडाईले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न आर्थिक प्रलोभनमा पार्न खोज्दा शनिवार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ