इटहरी : धरान उपमहानगरपालिका आर्थिक वर्ष २०७६/७७ को बजेट अनुसारको आंशिक कर समायोजन गरेको छ । केही समय अगाडी धरान उपमहानगरको कार्यपालिकाले कर समायोजन समिति बनाएको थियो ।
समायोजन समितिको प्रतिवेदनको आधारमा आइतबार बसेको कार्यपालिका बैठकले धरानको कर समायोजन गरेको हो । वडा नम्बर १५ का वडाध्यक्ष नरेश सिवारामको संयोजकत्वमा बनेको समितिले कार्यपालिका लाई कर समायोजनको प्रतिवेदन बनाएको थियो ।
प्रतिवेदन अनुसार न्यायिक समिति,आयस्रोत प्रमाणित,सिफारिस,नाता प्रमाणित लगायतका दस्तुरको समायोजन गरेको थियो । समायोजन अनुसार उपमहानगरले दैनिक सेवा प्रवाह गर्दा लाग्ने दस्तुर तत्काल घटाउने निर्णय गरेको छ ।
तर,सम्पत्ति कर सवारीसाधन कर लगायतका करहरू भने आउँदो आर्थिक वर्षमा सम्बन्धित पक्ष सँग छलफल गरिसकेपछि मात्र घट्ने छ ।
'धेरै किसिमको कर धरानवासीहरूले तिरिसक्नु भएको छ धरानका मेयर तिलक राईले भने ' त्यही भएर तत्काल उपमहानगरमा काम गराए बापत लिइने शुल्कहरू मात्र घटाइएको हो,अन्य कर आगामी वर्षमा सरोकारवाला सँग छलफल गरेर समायोजन हुन्छ ।'

कर समायोजन गर्ने निर्णय गरे पनि यसलाई आंशिक कर समायोजन भन्न सकिने राई स्विकार्छन् । काँग्रेसले कर वृद्धिको उपनिर्वाचनको चुनावी नारा नै बनाएको थियो ।
काङ्ग्रेसबाट जितेका मेयर राईले कर समायोजन गर्ने पहिलो निर्णय गरेका थिए । धरान उपमहानगरपालिको करको विषयमा उठेका कुरालाई आगामी नगर परिषद्मा कर समायोजन गरिने प्रस्तावमा उनले हस्ताक्षर गदै पदभार ग्रहण गरेका थिए ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































