धरान : धरानको ह्वाइट हाउस कलेजले वीपी प्रतिष्ठान क्वारेन्टाइनमा रहेका १५ जनालाई दिउँसोको खाजा खुवाउने जिम्मा लिएको छ ।
प्रितष्ठानले क्वारेन्टाइनमा भएकाहरूलाई बिहान र बेलुका मात्र खाना दिने भए पनि दिउँसोको खाजाको प्रबन्ध ह्वाइट हाउस कलेजले लिने भएको हो ।
क्वारेन्टाइनमा राखिएका व्यक्तित्वहरुलाई बिहान र वेलुका मात्र खाना दिइएको दिउँसोको कुनै पनि खाजाको प्रबन्ध नभएको खवर धरान महिला संजालको पुर्व अध्यक्ष शिला बज्राचार्यले कलेज संचालक अरुण प्रधानलाई जानकारी दिएपछि शनिवार दिउँसो नै उनि फ्रुिटी, अन्डा, बिस्कुट बोकेर विपी मै पुगेका कलेजका सिइओ अरुण प्रधानले वितरण खाजा गरेको थिए ।
क्वारेन्टाइनमा २ महिला, ८ पुरुष र कर्मचारी गरेर १५ जना छन् ।
धरान प्रहरीलाई एक सय पचास थान मास्क पन्जा र हेन्डवास,
ह्वाइट हाउस कललेले आफै उत्पादन गरेको मास्क समेत इलाका प्रहरी कार्यालयलाई प्रदान गरिएकाे छ । सिइओ प्रधानले इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेलाई १५० थान मास्क र हेन्डवास वितरण गरेका हुन् ।


































































