धरान: धरान १४ स्थिति विजयपुरमा ऐतिहासिक धार्मिक पर्यटकिय स्थलहरु छन् । निकै भिडभाड ऐतिहासिक धार्मिकस्थलहरु लकडाउन भएपछि सुनसान छन् ।
बुढासुब्बा, दन्तकालि, पिण्डेश्वर र पञ्चकन्या मन्दिर प्रसिद्ध धार्मिक स्थलहरू हुन । जहाँ जुनसुकै बार जुनसुकै समय भिडभाड देखिन्थे । शनिवार तुलनात्मक हिसाबमा अलि बढी देखिन्छ, शनिवार विद्यालय र सरकारी कर्मचारी छुट्टी भएको हुनाले भक्तजन को सङ्ख्या निकै देखिन्छ।
मन्दिरप्रति आम मानिसहरूको ठुलो आस्था छ । जहाँ हिन्दु धर्ममा आस्था राख्ने भारतीय नागरिकको पनि भिडभाड निकै हुने गर्थ्यो । भने स्थानीय कै दैनिक गुजारा मन्दिरको फुल माला, खाजा, मन्दिरको प्रसाद उपहारबाट हुन्छ । मानिसको अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको भिड लाग्ने मन्दिरहरू लकडाउन भए यता भने सुनसान छन् ।
दैनिक रूपमा बिहानी आरती र सन्ध्या आरती गरेपछि पुजारीहरूले मूल ढोकामा नै ताला बन्द गरेर जाने गर्दछन् । चैते दसैँमा भिडभाड हुने दन्तकालि मन्दिर पनि सुनसान छ।
स्थानीय प्रेम पराजुलीका अनुसार बुढासुब्बामा दर्शन गर्न र पूजा गर्न दैनिक हजारदेखि १५ सयको सङ्ख्यामा दर्शनार्थीहरु आउँथे । जहाँ कालो कपडा, बलि चढाउन आउने भक्तजनको भिड मङ्गलवार र शनिवार खरोबार भनेर आउने सङ्ख्या अहिले कोरोना भाइरस महामारीलाई रोक्नको लागि सरकारले लकडाउन घोषणा गरेसँगै मन्दिरहरू पनि सुनसान छन् ।
मन्दिर क्षेत्रमा पूजा सामग्रीको व्यावसाय गरेर गुजारा गरिरहेको परिवारलाई पनि लकडाउनले आर्थिकरुपमा प्रभाव पारेको बुढासुब्बामा व्यापार गरीरहेकी सिता बरालले बताइन । दन्तकाली मन्दिरमा पच्चिस वर्ष देखि आफू जुनसुकै अवस्थामा पनि धरान हुँदा दिनमा एक पटक आउने गरेपनि अहिले भने तस्बिरमा नै भाव राख्ने गरेको बराल बताउछिन्।
पूजा सामाग्रीका दोकान विजयपुर मन्दिर परिसरमा मात्र करिब ७० वटा साना ठुला पसलहरू सञ्चालनमा छन् । अधिकांशका परिवार यही व्यवसायमा निर्भर भएको धरान वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् ।
भक्तजन निकै स्थानबाट अनगिन्ती आउने हुँदा कोरोना सङ्क्रमणको कम गर्न सरकारकाे पूर्व तयारीमा सरोकारवालाहरूको निर्णयलाई सहयोग गरेको भट्टराईले बताए ।