मुम्बई : महाराष्ट्रमा बुधबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ   जसमा एक ६ दिने शिशु समेत छन् । उनकी २६ वर्षीया आमा र एक नर्स समेत कोरोना भाइरसका बिरामी छन् ।

महाराष्ट्रमा मात्रै कोरोना संक्रमितको संख्या ३ सय ३५ भएको भने १६ जनाको मृत्यु भएको छ ।

६ दिने शिशुलाई कोरोना संक्रमण भएपछि उनका पिता भी सिंहले २६ मार्चको राति चेम्बुरको एक अस्पतालमा बच्चा जन्मिएको र त्यहाँ एक जना कोरोना संक्रमितको समेत उपचार भइरहेको बताए ।

उनले भने, ‘हामीलाई तत्काल अस्पताल छाड्न भनियो, जसलाई क्वारेन्टाइन गरिएको थियो र डाक्टरले हाम्रो उपचार गर्न पनि अस्वीकार गरे । मेरी पत्नी र बच्चाको रिपोर्ट करिब आधा रातमा पोजिटिभ आयो । त्यसपछि हामी कस्तुरबा अस्पतालमा छौं ।’

उनले सरकार, प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री उद्धव ठाकरे र स्वास्थ्यमन्त्री राजेश टोपेसँग पत्नी र बच्चाको उचित उपचारको व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।