इटहरी : काठमाडौ बाट मध्यरातमा सुनसरी हिडेका यात्रुलाई नेपाली कांग्रेसले गाडीमा ल्याउने भएको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइराला तथा प्रमुख सचेतक केदार कार्कीको पहलमा उनिहरुलाइ गन्तब्य सम्म पुर्याउन लागिएको हो ।
बुधबार एक सञ्चार माध्यममा काठमाडौमा भोकले मर्नुभन्दा बौलाउनु निको भन्ने समाचार प्रकाशित भएको थियो । जहाँ काठमाडौमा मजदुरी गरिरहेका उनिहरु पैदलमार्ग बाटै सुनसरी लगायत पुर्व आइरहेको उल्लेख गरिएको थियो ।
त्यस लगत्तै बिपि अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रन्जन ओझाको समन्वयमा सिन्धुली कांग्रेसका नेता तथा जि.पी फाउन्डेसन्का जिल्ला संयोजक आकाश श्रेष्ठले यात्रुहरुको खोजी गरी केही यात्रुहरुलाई बर्दिबास सम्म पुर्याउने ब्यबस्था गरेका छन् ।
बर्दिबासबाट सुनसरी सम्म ल्याउनकोलागि कोइरालाले गाडी पठाइसकेको बताएका छन् । कति यात्रु छन् भन्ने बारे जानकारी नभएको तर उनिहरुलाई गन्तव्य सम्म पुर्याउने काम भएको उनले बताए । उनका अनुसार यात्रुलाई सुनसरी ल्याएर स्वस्थ परिक्षण गराउने र डाक्टरको सल्लाह अनुसार अगाडि बढिने भएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































