इटहरी : इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्यामपसमा बनाएको क्वारेन्टाईनबाट एक भारतीय नागरीक भागेका छन् ।
पक्राउ गरेर ल्याउने क्रममा भागेपछी स्थानीयको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले १ घण्टापछी नियन्त्रणमा लिइएको छ ।
भारतको फारबिसगंज बाट आमा भेट्न भनेर फुलफुलका गाडीमा इटहरी आएका उनलाइ उपमहानगरले नियन्त्रणमा लिइ क्वारेन्टाईनमा राखेको थियो ।
उपमेयर लक्ष्मी गौतमका अनुसार नाम आज नियन्त्रणमा लिइएका ३ जनाको परीक्षण भइसकेकोछ । यससंगै उपमहानगरले निमार्ण गरेको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्नेको संख्या १९ पुगेको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































