धरान : उपमहानगरले दुई पटक दिएको राहत सकिसकेको छ । श्रीमती सुत्केरी छिन् । आमाकै खानपीन कमजोर भएको कारण एघार महिनाको बच्चालाई खुवाउन दुधपनि प्रयाप्त आउँदैन ।
धरान बाबाधाम मार्गका गोकुल राईलाई अहिले घरको सामान्य समस्या टार्न निकै सकस हुँदै गएको छ ।
सुत्केरी श्रीमतीलाई पोषणयुक्त खाना खुवाउन त परैको कुरा उनीहरूलाई बिहान बेलुका छाक टार्नै समस्या पर्दै गएको हो । दैनिक मजदुरी गरेर परिवार पाल्ने उनीहरूको घरमा बाँकी रहेका खानेकुरा सकिन थालिसकेको छ । लकडाउनले कमाउने बाटो रोकिए सँगै एघार महिने दुधे बालकलाई दूधको साटो भातको माड खुवाउन थालेकी छिन् ।
'दुई चोटि दिएको राहत नि सकिसक्यो अब त' राईले भने 'सानो छोरो सहितको परिवारलाई पनि छाक टार्न गाह्रो भयो ।' मिस्त्रीको काम गरेर दैनिकी टार्ने उनलाई अहिले समस्यामा परेका छन् । उनी लकडाउन हुनु पूर्व लेबर काम गरेर काम हुँदा दिनको १ हजार कमाउँथे र जसबाट परिवार चलाउँथे ।
उनीका एक हातमा औलाहरू छैनन् खुट्टामा पनि घाउ भएकोले अहिले उनलाई स्वास्थ्यमा समस्या देखिँदै गएको छ । निर्माण मजदुर उनी काम गर्ने क्रममा खुट्टाकोमा पटक पटक लागेर घाउ बल्झिएको छ त्यो सँगै उनलाई खानै समस्यामा पनि छ । मिस्त्री गरेको अलेलि पैसा लिन बाँकी थियो लकडाउनले गर्दा त्यो पनि पाएका छैनन् ।