धरान : करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणले  मृत्यु हुनेको संख्या ५२ हजार ८५ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख २३ हजार ४७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ९३ हजार ३७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ७८ हजार ३० जनामध्ये १४ हजार ९५४ जनाको अवस्था गम्भीर रहेको छ ।