धरान : भारतमा कोरोनाको संक्रमणबाट हालसम्म ९३९ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ ।
भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ७ हजार १३७ जना उपचारपछि निको भएका छन् । २१ हजार ३७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।