झापा : झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
सोमवार दिउँसो ३ बजेको समयमा चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक निजको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।
उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको तथा प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा पौने ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।