धरान : धरान उपमहानगरपालिका वडा नं ३ भानु स्मृति मार्ग कि जुलि मरिक मङ्गलवार सुत्केरी भएको चार दिन भएको छ । सुत्केरी भएको अवस्थामा अन्य समय भन्दा पोषित खाना खानु पर्ने भए पनि अहिले दैनिक गुजारा गर्ने खानेकुरा समेत छैन ।
मरिकको नवजात शिशु सहित पाँच छोरीहरू भएका छन् । परिवारको सङ्ख्या ठुलो हुँदै जाँदा अहिले कसरी बालबच्चा पाल्ने भन्ने तनाव भएको छ ।
नवजात शिशुलाई खुवाउने पर्याप्त दुधपनि उनको आउँदैन । न त खुवाउने अन्य कुनै सामाग्री नै उनको घरमा छ । सुत्केरीलाई खुवाउने ज्वानो त परेको कुरा चामल पनि खान पुग्ने छैन । सानो बाँसले बेरेको घरमा पन्ध्र सय भाँडा तिरेर बस्दै आएको उनको परिवार लकडाउनको कारण चिन्तामा छन् ।
पाँचौँ सन्तान पनि छोरी जन्माएको भन्दै जुलिलाई श्रीमानले कुटेको वडाध्यक्ष आशा श्रेष्ठ र छिमेकीहरू बताउँछन् । जुलि भने लाजले श्रीमानले कुटेको बताउदिनन छोरा जन्मिन्छ कि भनेर श्रीमानले धामी लगाएर निकै पैसा तिरेरे झारफुक गरेको तर छोरी जन्मेपछि अलिअलि श्रीमान रिसाएको जुलिले बताइन।
चार दिन कि सुत्केरीलाई छिमेकीले उनलाई सकेको सहयोग गरिरहेका छन शनिवार जुलिलाई नानी पाउने बेथाले च्यापेपछि उनलाई अस्पताल पनि छिमेकीले लगेको उनले बताइन ।
छोरीहरूलाई पेटभरि खान दिन नसकेपछि चार दिनकी सुत्केरी मरिकले मिडिया मार्फत सहयोगको अपिल गरेकी छिन् ।









































































