पथरी : पथरीशनिश्चरे नगरपालिकाको ७ नम्बर वडा कार्यालय निर्माणमा गुणस्तरीय कार्य नगरेको भन्दै नगर उपप्रमुख सहितको टोलीले निर्माण कार्यमा गुणस्तरीय कार्य गर्न निर्देशन दिएको छ ।
मङ्गलवार वडा कार्यालय भवन निर्माण स्थल पुगेको उपमेयर,इन्जिनियर र वडाध्यक्ष सहितको टोलीले वडा भवनमा लापारवाहि नगर्न निर्देशन दिएको हो ।
भवनको काम डिजाइन अनुसार नभएको पाइएपछि त्यसलाई भत्काएर डिजाइन अनुरूप गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको अनुगमन समिति संयोजक तथा उपमेयर यमुना विष्ट बास्तोलाले बताइन ।
भवन निर्माणको जिम्मा लिएको पर्शुराम निर्माण सेवाले भवन निर्माणमा लापरबाही गरेको तथ्य भेटिएको उपप्रमुख विष्टले जानकारी दिइन् । कमजोरीलाई तुरुन्त सच्याएर भवन निर्माण गर्न निर्देशन दिइएको हो ।
६८ लाखको प्राविधिक स्टमेट भएको भवनका लागि पर्शुराम निर्माण सेवाले ४७ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।









































































